You are viewing the translated version of सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना.

Section 3
सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना
(१) सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन एक सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना गरिएको छ। (२) सार्वजनिक सेवा प्रसारण संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ र सो संस्थाले आवश्यकता अनुसार अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्नेछ।

(३) यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गरिनेछ।